बुधबार २४ मंसिर, २०८२

बालुवा चोरी गर्दै गरेका गाडी प्रहरीको नियन्त्रणमा

बालुवा चोरी गर्दै गरेका गाडी प्रहरीको नियन्त्रणमा

काठमाडौं। तारकेश्वर नगरपालिका–९ ढलमल पुल नजिक बालुवा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

मंगलबार दिउँसो बालुवा चोरी भइरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली उक्त स्थानमा खटिएको थियो ।

सो क्रममा बालुवा निकाल्दै गरेका दुई वटा गाडीसहित तीन जना मानिसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

नियन्त्रणमा लिइएका गाडी र मानिसलाई प्रहरी वृत्त बालाजुमा राखेर अनुसन्धान अघि बढाइएको छ ।