सोमबार २२ मंसिर, २०८२

गाजामा इजरायली सेनाको आक्रमण : ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु

गाजामा इजरायली सेनाको आक्रमण : ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं । गाजामा इजारायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित  कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ ।

गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् ।

समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको छ । मृतक बाँकी तीन जना पत्रकार अल जजिरा, एसोसिएट प्रेस(एपी) र एनबीसीमा कार्यरत रहेको खुलेको छ ।