चाडबाडका लागि भारतबाट २५ हजार टन चिनी आयात गर्न अनुमति
काठमाडौं । भारत सरकारले नेपालका लागि २५ हजार टन चिनी आयात गर्न अनुमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार भारत सरकारले उक्त निर्णय गरेको हो ।
नेपालले उक्त परिमाणको चिनी ३० सेप्टेम्बर २०२६ सम्म आयात गरिसक्नु पर्नेछ ।
भारत सरकारको नेसनल कोपअरेटिभ एक्पर्ट लिमिटेडमार्फत सो चिनी नेपाल निर्यात गर्नेछ ।
स्वदेशी उत्पादनले आधा मात्रै माग पूरा हुने भएकोले चाडबाडको समयमा नेपालले हरेक वर्ष चिनी आयात गर्नुपर्ने हुन्छ ।
