बुधबार २४ मंसिर, २०८२

जेनजी आन्दोलनका शहीद परिवारलाई आटी नेपालले रोजगारी दिने

जेनजी आन्दोलनका शहीद परिवारलाई आटी नेपालले रोजगारी दिने

काठमाडौं । जनेजी आन्दोलनमा मृत्यु भएका परिवारलाई एशोसिएसन अफ एग्रिकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालले रोजगारी दिने घोषणा गरेको छ ।

सरकारले शहीद घोषणा गरेका परिवारका एक/एक जना व्यक्तिलाई रोजगारी दिने घोषणा गरिएको हो ।

संस्थाले इच्छुक शहीद परिवारलाई सम्पर्क गर्न भनेको छ । शैक्षिक योग्यता, सीप, अनुभव तथा दक्षताका आधारमा प्रक्रिया पूरा गरी रोजगारी दिइने छ ।

रोजगारीका लागि आवश्यक कागजात र अनुभवको प्रमाणपत्रहरू ह्वाट्स एप (9801008819) र [email protected] मा पठाउन सकिनेछ ।