बुधबार २४ मंसिर, २०८२

प्रचण्डको ओलीलक्षित टिप्पणी : अहङ्कार अझै गएको रहेनछ

प्रचण्डको ओलीलक्षित टिप्पणी : अहङ्कार अझै गएको रहेनछ

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्ववर्ती सरकारको नेतृत्वमा रहेको अहङ्कारकै कारण देशले ठुलो राजनीतिक सङ्कट व्यहोर्नुपरेको टिप्पणी गरेका छन् ।

उनले हिजो सरकारको नेतृत्व गर्ने पार्टीमा अझै पनि त्यो अहङ्कार नगएको भन्दै कटाक्ष गरे ।शुक्रबार ललितपुरमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा प्रचण्डले भने, ’हिजो सरकारको नेतृत्व गर्ने पार्टीका साथीहरूमा रहेको अहङ्कार अझै गएको छैन। यो देख्दा मलाई दुःख लागेको छ।’

उनले जनताको भावना र देशको आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहङ्कारलाई प्राथमिकता दिने प्रवृत्तिले नै सङ्कट निम्त्याएको बताए ।

बिहीबारमात्रै एमाले अध्यक्ष केपी ओलीले परिवर्तनलाई अस्वीकार गर्ने हिसाबले भक्तपुरबाट आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

उनले वर्तमान सरकारलाई चेतावनी दिँदै संसद् पुनर्स्थापना हुनुपर्ने भन्दै चुनावको विपक्षमा धारणा राखेका थिए । 

सोही अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले जेनजी आन्दोलनअघि सरकारको नेतृत्वमा रहेका ओली र उनको पार्टीमा अहङ्कार नहटेको टिप्पणी गरेका हुन् ।