सोमबार २२ मंसिर, २०८२

नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई

नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी चर्चित लोकतन्त्रवादी नेतृ मारिया कोरिना माचाडो लाई प्रदान गरिएको छ। नोबेल समितिले उनलाई मानवअधिकारको रक्षा र लोकतान्त्रिक पुनर्स्थापनाको अभियानमा अविरल योगदानका लागि यो सम्मान दिएको घोषणा गरेको हो।

माचाडोले वर्षौँदेखि भेनेजुएलामा स्वतन्त्र निर्वाचन र नागरिक स्वतन्त्रताको पक्षमा आन्दोलन गर्दै आएकी छन्। सरकारले बारम्बार गिरफ्तारीको धम्की र प्रतिबन्ध लगाउँदा पनि उनले देशभित्रै रहेर संघर्षलाई निरन्तरता दिएकी थिइन्।

शुक्रबार नर्वेको ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गर्दै, समितिले माचाडोको ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गर्‍यो।