बुधबार २४ मंसिर, २०८२

नेतृत्वको यस्तै प्रवृति रहे जनमत पार्टी पतन हुन्छ : मुख्यमन्त्री सिंह

नेतृत्वको यस्तै प्रवृति रहे जनमत पार्टी पतन हुन्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम। मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतको आन्तरिक लोकतन्त्र कमजोर भएको भन्‍दै यस्तै प्रवृति रहे पतन हुने बताएका छन् । पदबाट राजीनामा घोषणा गर्नुअघि प्रदेशसभा बैठकमा बोल्‍दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीले गरेको असहयोग र राजीनामामा प्रकरणबारे कडा रुपमा संकेत गरे ।

उनले भने, ‘मलाई एक वचन पनि नसोधीकन सरकारबाट समर्थन फिर्ता लिएको र मलाई सरबारबाट फिर्ता बोलाएको एउटा पत्र  सामाजिक सञ्जालमा छ्यापछ्याप्ति बनाइयो। त्यो पत्र मेरोविरूद्ध प्रचञ्‍च गर्ने भाष्यको अध्याय थियो। ‘

उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति पनि कडा टिप्पणी गरे। ‘ म  मुख्‍यमन्त्री भएपछि पार्टीकै निर्देशनमा राज्‍यमन्त्री नियुक्त गरे र पार्टीकै निर्देशनमा हटाए। तर उक्त विषयमा आफ्नो गल्ती ढाकछोप गर्न पार्टी र नेतृत्वले मलाई स्पष्टीकरण सोधेर मेरो चरित्र हत्या गर्‍यो।’ उनले गुनासो गरे।

बजेट बनाउने बेला ५ लाखसम्मको समेत बजेट नराख्न पार्टी अध्यक्ष राउतलाई सुझाँव दिँदा उल्टै बजेट राख्‍नेलाई नै प्रोत्साहन गरेको उनले आरोप लगाए।

उनल भने, ‘ मैले  पर्यटन मन्त्रालयमा बजेटलाई टुक्रे योजना बनाइ ५/५ लाख बजेट राख्‍ने कार्य भइरहेको भन्‍दै पार्टी अध्यक्षलाई जानकारी गराउँदा उल्टै आरोपको सिकार भए र उनीहरूलाई प्रोत्साहन गरियो। त्यसकारण कसको निर्देशनमा टुक्रे बजेट आयोजना राखियो भन्‍ने प्रष्ट हुन्छ। ‘