सोमबार २२ मंसिर, २०८२

शान्ति सुरक्षाको प्रत्याभूत गराउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ सुरु गर्छौं : गृहमन्त्री

शान्ति सुरक्षाको प्रत्याभूत गराउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ सुरु गर्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको वातावरण तय गर्नेगरी काम अघि बढाइएको जानकारी गराएका छन् ।

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीबारे जानकारी गराउँदै गृहमन्त्री अर्यालले शान्ति सुरक्षाको प्रत्याभूत गराउनका लागि संयुक्त पेट्रोलिङ सुरु गर्ने जानकारी गराए ।

‘निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षाको प्रत्याभूत गराउन संयुक्त पेट्रोलिङ गर्ने, सुरक्षा फौजको पेट्रोलिङ गर्ने । त्यही बीचमा हतियार रिकभर गर्ने लगायतका काम अघि बढाउँछौं,’ गृहमन्त्री लेखकले भने ।

सोही फौजले कैदीबन्दी र जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारबारे पनि काम गर्ने उनले बताए ।

‘हाम्रो विश्लेषणले के बताउँछ भने ती हतियारहरू संगठित गिरोहको हातमा नपुगोस् भन्ने छ । बरु ती कैदीबन्दीलाई राजनीतिक दलले तीनिहरूबाट हामीले प्रयोग गर्दैनौं भन्ने घोषणा गर्नुपर्‍यो,’ गृहमन्त्री अर्यालले भने ।