आइतबार २१ मंसिर, २०८२

गृहमन्त्री अर्याल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

गृहमन्त्री अर्याल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार भेटवार्ता गरेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न गृहमन्त्री अर्याल भंगाल पुगेका हुन् ।

भण्डारीसँगको भेटमा गृहमन्त्री अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय, आगामी प्रतिनिधिसभाको निर्वाचन  लगायतबारे छलफल गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको पूर्वराष्ट्रपति भण्डारीको निवास समेत निरीक्षण गरेका थिए ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भण्डारीको निवासमा आगजनी र तोडफोड भएको थियो ।

यसअघि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।