सोमबार १९ माघ, २०८२

जेनजी आन्दोलनमा कारागारबाट फरार विदेशी कैदी पक्राउ

जेनजी आन्दोलनमा कारागारबाट फरार विदेशी कैदी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार एक विदेशी कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाम्बियाकी ३५ वर्षीया अभिशार्ग कपुतुला छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको परिसरका एसएसपी रमेश थापाले बताउ । उनी लागु औषधको कसुरमा कारागार चलान भएकी थिइन् ।