ठगी विज्ञापनबाटै मेटाले कमायो १६ अर्ब डलर
काठमाडौँ । मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपकी मातृ कम्पनी) ले ठगी र प्रतिबन्धित विज्ञापनमार्फत अर्बौं डलर कमाएको खुलासा भएको छ। कम्पनीको आन्तरिक रिपोर्ट अनुसार यसको करिब १०% आम्दानी (झन्डै १६ अर्ब डलर) स्क्याम विज्ञापनबाट आएको हो।
प्रत्येक दिन मेटाका प्लाटफर्ममा १५ अर्बभन्दा बढी जोखिमयुक्त विज्ञापन देखाइन्छन्। तीमध्ये धेरै ठगी, अवैध जुवा र फर्जी लगानी योजनासँग सम्बन्धित छन्।
मेटाले यस्तो विज्ञापन रोक्न ढिलो गर्ने र ठगीको सम्भावना कम देखिए पनि बढी शुल्क लिएर प्रदर्शन गर्ने गरेको बताइएको छ।
तर मेटाका प्रवक्ता एन्डी स्टोनले अर्बौं डलरको ठगी आम्दानी भएको दाबीलाई “अतिशयोक्तिपूर्ण” भन्दै अस्वीकार गरेका छन्।
