सोमबार २२ मंसिर, २०८२

च्याउको मूल्य घट्यो

च्याउको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा च्याउको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार कन्य च्याउको मूल्य घटेको हो ।

आज कन्य च्याउको मूल्य ३० रुपैयाँले घटेको छ । शनिबार कालीमाटी बजारमा कन्य च्याउ प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने किलोको २ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै डल्ले च्याउ भने आज प्रतिकिलो ३ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ ।