सोमबार २२ मंसिर, २०८२

मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोध, मधेश भवन अगाडि प्रदर्शन

मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोध, मधेश भवन अगाडि प्रदर्शन

काठमाडौं। मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद उग्र बनेको छ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने विभिन्न दलका नेता–कार्यकर्ताले मधेश भवन अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

लोसपा नेता जितेन्द्र सोनल संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भए पनि विश्वासको मत पाउने अवस्था नदेखेपछि कात्तिक २२ गते प्रदेश सभा बैठकमा राजीनामा दिएका थिए।

एमालेबाट प्रदेश प्रमुख नियुक्त सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम आज बिहान एमाले दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

अस्वस्थ भएकाले उपचारका लागि काठमाडौं जानुपर्ने भएकी भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पानस होटलमा पुगेर यादवलाई शपथ खुवाएपछि असन्तुष्ट दलहरुले विरोध सुरु गरेका छन्।

नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव मधेश भवनमा आउने सूचना पाएपछि विरोधमा रहेका नेता–कार्यकर्ताहरुले उनलाई रोक्ने प्रयास गर्दै टायर बालेर प्रदर्शन गरिरहेका छन्।

यद्यपि, एमालेभित्र पनि पार्टीभित्र छलफल नगरी गरिएको नियुक्ति प्रति असन्तुष्टि रहेको बताइएको छ।