प्रधानमन्त्री सुशीला कार्कीद्वारा पशुपतिनाथको दर्शन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले सोमबार बिहान पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेकी हुन् । पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका साथै प्रधानमन्त्री कार्कीले टीका र माला ग्रहण गरिन् ।
त्यहाँ प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए ।
