कार्यकाल सकिन अढाई महिना अगावै सानिमा बैंकमा नयाँ सीईओ नियुक्त
काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् ।
बैंककै डेपुटी सीईओ आचार्यलाई बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सीईओको जिम्मेवारी दिएको हो ।
चार वर्षका लागि नियुक्त उनको कार्यकाल आगामी माघ १२ गतेदेखि प्रारम्भ हुने बैंकका कम्पनी सचिव रुद्र प्रसाद बञ्जराले जानकारी दिए ।
वर्तमान सीईओ निश्चलराज पाण्डे कार्यकाल यही माघ ११ गते सकिँदैछ । कार्यकाल सकिनुभन्दा झण्डै साढे २ महिना अघि नै नयाँ सीईओ नियुक्ति गरिएको हो ।
