डेडिकेटेड र ट्रंकलाइन विवाद : १४ उद्योगले बुझाए विद्युत बक्यौता रकम(सूचीसहित)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लामो समय विवादित डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल बक्यौता नतिरेपछि काटिएको बिजुली आपूर्ति १४ उद्योगले पहिलो किस्ता बुझाएर पुनः जडान गरेको छ। यस कदमले उद्योग क्षेत्रको नगद प्रवाह र उत्पादन स्थायित्वमा राहत पुर्याएको छ।
कात्तिक ४ र ७ गते प्राधिकरणले बक्यौता नतिरेका २५ उद्योगको बिजुली काटेको थियो। त्यसपछि घराना फुड्स र गोयन्का फुड्सले तुरुन्तै किस्ता तिरेका थिए। हालसम्म १४ उद्योगले पहिलो किस्ता बुझाइसकेका छन्, बाँकी ११ उद्योगमा अझै आपूर्ति बन्द छ।
पहिलो किस्ता बुझाएका प्रमुख उद्योग र रकम
त्रिवेणी सिन्थेटिक : १५ लाख ७१ हजार
रिलायन्स स्पिनिङ मिल्स : २ करोड ७७ लाख
हुलास स्टिल : ५० लाख ४३ हजार
अशोक स्टिल : ६३ लाख
हामा आइरन एन्ड स्टिल : २० लाख ९० हजार
पञ्चकन्या प्लास्टिक : २४ लाख ६३ हजार
पञ्चकन्या स्टील : ५२ लाख १९ हजार
सिद्धार्थ पेटप्लान्ट : १ करोड ८३ लाख
श्याम प्लास्टिक : ४९ लाख १० हजार
सोनापुर मिनरल एन्ड आयल : ८६ लाख ३० हजार
हिमाल आइरन एन्ड स्टिल : १३ करोड ६५ लाख
शिवम् सिमेन्ट : २ करोड ३८ लाख
घराना फुड्स : ६७ लाख
गोयन्का फुड्स : ५२ लाख ७३ हजार
अझै लाइन काटिएका उद्योग र बक्यौता रकम
जगदम्बा स्टिल : १ अर्ब ६० करोड १८ लाख
घोराही सिमेन्ट : ५० करोड ८५ लाख
अर्घाखाँची सिमेन्ट : ४४ करोड ८४ लाख
त्रिवेणी स्पिनिङ मिल्स : ३२ करोड १० लाख
जगदम्बा सिन्थेटिक : २० करोड ५० लाख
कसमस सिमेन्ट : ९ करोड ७७ लाख
निगाले सिमेन्ट : ५ करोड ८१ लाख
विशाल सिमेन्ट इन्डस्ट्रिज : ३ करोड ३५ लाख
बुटवल सिमेन्ट : १८ करोड ४५ लाख
एभरेस्ट पेपर मिल : ९ करोड ४४ लाख
निगाले सिमेन्ट : ५ करोड ८९ लाख
अदालतको अन्तरिम आदेशले रकम तिर्नबाट जोगिएका उद्योग
मारुती सिमेन्ट : ५७ करोड ४५ लाख
अरिहन्त मल्टिफाइबर : ११ करोड ५३ लाख
युनाइटेड सिमेन्ट : ११ करोड ३७ लाख
रघुपति जुट मिल : ८ करोड ५९ लाख
अरिहन्त पोलिप्याक : ६ करोड ६२ लाख
बाबा जुट मिल : २ करोड ४१ लाख
