बुधबार २४ मंसिर, २०८२

२५४४ अंकमा झर्‍यो सेयर बजार, ४ कम्पनी बढे १० प्रतिशत

२५४४ अंकमा झर्‍यो सेयर बजार, ४ कम्पनी बढे १० प्रतिशत

काठमाडौं । बुधबार सेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४ अंकमा पुगेको छ। कारोबार सुरुदेखि अन्तिमसम्म बजार ओरालोमै रह्यो।

आजको कारोबार रकम ३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ, अघिल्लो दिनको ३ अर्ब ६२ करोडभन्दा बढी।

कुल ४९ कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ, ७ कम्पनी स्थिर छन्। उत्पादन समूह मात्र ०.२३ प्रतिशतले बढेको छ, अन्य सबै समूहमा गिरावट छ।

व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशतले घटेको छ। बैंकिङ ०.६७, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल तथा पर्यटन ०.१८, हाइड्रोपावर ०.७०, लगानी ०.९९, जीवन बीमा ०.९९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशतले ओरालो गएको छ।

चार कम्पनी—भूगोल इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारले मूल्य १० प्रतिशतले बढाएका छन्। भूगोल इनर्जी बाहेक बाँकी तीन कम्पनी नयाँ सूचीकृत हुन्।

त्यस्तै, अपर सोलु हाइड्रो इलेक्ट्रिकको मूल्य ५.३१ र नेपाल माइक्रोइन्स्योरेन्स ३.७५ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै मूल्य घट्नेमा दरामखोला हाइड्रो इनर्जी ८.७२ प्रतिशत, माबिलुङ इनर्जी ८.२१ र मेरो माइक्रोफाइनान्स ४.५७ प्रतिशतले ओरालो गएको छ।

आज धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, साहस ऊर्जा, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट रहेका छन्।