सेयर बजारमा सुधार : ६ कम्पनीको मूल्य १० प्रतिशतले उकालो, साढे ३ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.१३ अंकले वृद्धि हुँदै २५४५ अंकमा पुगेको छ। आजको कारोबारको न्यूनतम स्तर १२:३१ बजे २५३० अंकमा र अधिकतम स्तर २:०६ बजे २५५९ अंकमा पुगेको थियो।
सामान्य अंक वृद्धिदरबीच पनि ६ कम्पनीको मूल्य १० प्रतिशतले उक्लिएको छ। माबिलुङ इनर्जी, स्वेतगंगा हाइड्रोपावर, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर, बन्दीपुर केबुलकार र रुरु जलविद्युत् परियोजनाको मूल्य १० प्रतिशतले बढेको छ।
आज १२३ कम्पनीको मूल्य बढ्दा १२४ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनी स्थिर रहे। कारोबार रकममा पनि थोरै कमी देखिएको छ। अघिल्लो दिन ३ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ।
समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ। बैंकिङ ०.१२%, फाइनान्स ०.०९%, होटल तथा पर्यटन ०.७२%, हाइड्रोपावर ०.२२% र व्यापार ०.७९%ले वृद्धि भएको छ। जबकि अन्य ०.२४%, निर्जीवन बीमा ०.४६%, उत्पादन तथा प्रशोधन ०.२९%, जीवन बीमा ०.२३%, लगानी ०.०७% र विकास बैंक ०.०८%ले घटेका छन्।
आज दरमखोला हाइड्रो इनर्जी ६.८८%, भूगोल इनर्जी ४.९९% र दोल्ती पावर ४.२०%ले मूल्य बढाएको छ। नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ४.८२%ले सबैभन्दा धेरै घटेको छ। इस्टर्न हाइड्रोपावर ३.७०%, बेस्ट फाइनान्स ३.१८% र सुपर मादी २.५०%ले मूल्य घटाएका छन्।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जा रहेका छन्।
