दुर्गा प्रसाईं पक्राउ : आजैबाट सडकमा उत्रिने ‘नागरिक बचाउ’ अभियानको चेतावनी
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईं पक्राउप्रति आपत्ति जनाउँदै आजैबाट सडकमा उत्रिने चेतावनी दिएको छ ।
प्रसाईंलाई प्रहरीले गएराति पक्राउ गरेको थियो । अराजक गतिविधि गर्न अभिव्यक्त दिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो ।
प्रसाईंको अभियानले यही ७ मंसिरमा देशव्यापी आन्दोलन गर्ने घोषणासमेत गरेका थियो ।
