सोमबार २२ मंसिर, २०८२

साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट

साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट

काठमाडौं । आज सोमबार अभिनेत्री साम्राज्ञी शाहको जन्मदिन पनि हो ।

यो अवसरमा उनले प्रशंसकसामु एक सरप्राइज घोषणा गरेकी छन् । उनले इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन् ।

उनले सार्वजनिक गरेका केही इन्गेजमेन्टका फोटोमा उनले हीराको औंठी लगाएको देख्न सकिन्छ । आइतबार उनले एक युवकसँग इन्गेजमेन्ट गरे पनि उनीबारे विस्तृत खुलाएकी छैनन् ।

‘एस एन्ड बी’ ह्यासट्याग उल्लेख गर्दै उनले यो महत्वपूर्ण अवसरमा आफ्ना भावनाहरू पनि व्यक्त गरेकी छन् ।