राष्ट्रपतिद्वारा 'नेपाल विशेष सेवा' अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले 'नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२' जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार (मंसिर ५) मा उक्त अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।
कोइरालाका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।
