आइतबार २१ मंसिर, २०८२

भारतले नेपालीसहित ९ भाषामा अनुवाद गर्‍यो आफ्नो संविधान

भारतले नेपालीसहित ९ भाषामा अनुवाद गर्‍यो आफ्नो संविधान

काठमाडौं। भारतले आज ७६औ संविधान दिवस मनाउँदै छ। भारतले आफ्नो ७६औ वर्षगाँठको अवसरमा ९ भाषामा संविधान अनुवाद गरेको छ ।

भारतका राष्ट्रपति द्रौपति मुर्मुले विशेष समारोहलाई सम्बोधन गर्दै ९ भाषामा अनुवादित संविधान एकसाथ जारी गरेकी हुन् ।

उनका अनुसार नेपाली भाषासँगै मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलगू, उडिया र असमिया भाषामा अनुवादित प्रति जारी गरिएको हो ।

जसमा पञ्‍जाबी भाषाको  संस्करण ५० वर्षपछि पहिलोपटक अनुवादित भई जारी छ भने बोडो र कमिरी भाषा भने पहिलो पटक भारतको संविधानमा समावेश गरिएको छ।