आइतबार २१ मंसिर, २०८२

एनपीएल : टस हारेर विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन

एनपीएल : टस हारेर विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन

काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो । खेल अपराह्न ४ बजे सुरु हुँदैछ । २ खेलमध्ये १ मा जित हात पारेको चितवन दोस्रो जितको खोजीमा रहेको छ ।

यता लगातार तील खेलमा जित निकालेको विराटनगर आफ्नो अपराजित यात्रालाई कायमै राख्ने दाउमा रहेको छ ।