काठमाडौँ उपत्यकामा बढ्यो वायु प्रदूषण
काठमाडौँ । जाडो याम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । यो याममा वर्षा र हावाको गति कम हुने भएकाले पनि काठमाडौँ उपत्यकामा धूलो र धुवाँको मात्र बढ्दै जाने गर्दछ ।
यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढ्दै गएको छ ।
काठमाडौँ उपत्यका सवारी साधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दा लगायतबाट निस्कने हानिकारक ग्यासले गर्दा पनि यस याममा काठमाडौँ विश्वकै प्रदूषित सहर बन्ने गरेको छ ।
यस याममा काठमाडौँ उपत्यका वरिपरिका विभिन्न डाँडाबाट हेर्दा उपत्यकाको माथि धूलो र धुवाँको तह प्रस्ट देख्न सकिन्छ ।
