अब ५ लाखमाथिको कारोबार बैंकमार्फत
काठमाडौं । सरकारले वस्तुको खरिद बिक्री गर्दा हुने १० लाखसम्मको नगद कारोबारको सीमालाई घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिले कायम रहेको १० लाखसम्मको नगद कारोबार सीमालाई घटाउँदै नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
अबदेखि विभिन्न सेवा तथा वस्तुहरूको खरिद–बिक्री वा अन्य किसिमका कारोबारमा १ लाखभन्दा माथिको नगद कारोबार गर्न नपाइने व्यवस्था लागू हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।
यसैगरी श्रीलङ्कामा भीषण बाढीपहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरुप २ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताए ।
यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । कार्बन व्यापार राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ ।
