आइतबार २१ मंसिर, २०८२

एक सातामा आलुको मूल्य १३ प्रतिशतले घट्यो

एक सातामा आलुको मूल्य १३ प्रतिशतले घट्यो

काठमाडौँ । कालीमाटी तरकारी बजारमा आलुको मूल्य १३ प्रतिशतसम्म  घटेको छ ।

मंगलबार (आज) बजारमा थोक मूल्य रातो आलु न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ , सेतो आलु न्यूनतम ३७ रुपैयाँदेखि अधिकतम ३८ रुपैयाँ र भारतीय रातो आलु न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँ रहेको छ  ।

अघिल्लो सात (मंसिर ९ गते) रातो आलु न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ सेतो आलु न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँ र भारतीय रातो आलु न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ४६ रुपैयाँ रहेको थियो । 

बजारमा आज रातो आलु १३.६४ प्रतिशतले घटेर औसत मूल्य ४७ रुपैयाँ प्रतिकिलो रहेको छ  । अघिल्लो साता (मंगलबार) यो आलुको औसत मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको थियो । 

गत मंगलबार ४०.७५ रुपैयाँ औसत मूल्य रहेको सेतो आलु ७.९८ प्रतिशतले घटेर आज ३७.५० रुपैयाँ औसत मूल्य रहेको जनाएको छ । 

गत मंगलबार भारतीय रातो आलु प्रतिकिलो ३८.५० रुपैयाँ औसत मूल्य रहेकोमा ३९ रुपैयाँ प्रतिकिलो पुगेको छ । यो आलु १.३० प्रतिशतले बढेको समितिले जनाएको छ ।