बिमा प्राधिकरणका पूर्वअध्यक्षलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं । नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
जन्ममिति सच्याएर पदमा बसेको भन्दै सिलवाल अध्यक्ष रहेकै वेलामा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जसमा विशेष अदालतले उनलाई सफाइ दिएको थियो।
विशेषको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले बताए। सिलवाल पूर्वसचिवसमेत हुन्।
