आइतबार २१ मंसिर, २०८२

प्रदिप अधिकारी निलम्बनपछि क्यान नेतृत्वविहीन : कसले पाउला निमित्त महानिर्देशकको जिम्मेवारी ?

प्रदिप अधिकारी निलम्बनपछि क्यान नेतृत्वविहीन : कसले पाउला निमित्त महानिर्देशकको जिम्मेवारी ?

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी निलम्बित भएका छन् । प्राधिकरण अहिले नेतृत्वविहीन अवस्थामा रहेको छ।

प्राधिकरणमा रहेका ६ जना उपमहानिर्देशकमध्ये वरीयताक्रममा पहिलो प्रतापबाबु तिवारी नै निमित्त महानिर्देशक बन्ने उच्च सम्भावना देखिन्छ। त्यसपछि क्रमशः प्रेमनाथ ठाकुर, हंशराज पाण्डे, देवचन्द्र लाल कर्ण, जगन्नाथ निरौला र बाबुराम पौडेल रहेका छन्।

अधिकारी निलम्बनको आधिकारिक पत्र मन्त्रालयमा नआएकाले कुनै निर्णय भइसकेको छैन। पत्र आएपछि प्रधानमन्त्रीले नै निमित्त नियुक्त गर्नेछ।

क्यानले डिसेम्बर ३१ मा २७औँ वार्षिकोत्सव मनाउँदैछ, जसको नेतृत्व पनि नयाँ निमित्त महानिर्देशकले गर्नेछन्। अधिकारीमाथि मुद्दा परेपछि उनको अर्को कार्यकालको सम्भावना कमजोर देखिएको छ।