जापान श्रमिक पठाउने म्यानपावर कम्पनीको रोकियो नवीकरण
काठमाडौं । जापानमा कामदार पठाउने १२६ म्यानपावर कम्पनीको इजाजतपत्र चार महिनादेखि नवीकरण हुन सकेको छैन। पुरानो ‘जिट्को मोडेल’ खारेज भए पनि नयाँ निर्देशिका नआएपछि नवीकरण प्रक्रिया रोकिएको हो।
१०० जनाको अनिवार्य पदपूर्ति हटाइए पनि वैकल्पिक संरचना निर्माण नहुँदा कम्पनीहरू अन्योलमा परेका छन्। नवीकरण नहुनुले जापान–गमन रोजगारीका लागि तयारी अवस्थामा रहेका हजारौँ युवाको प्रक्रिया रोकिएको छ।
श्रम मन्त्रालयले नयाँ व्यवस्था तयार भइरहेकाले छिट्टै समाधान हुने दाबी गरे पनि समयसीमा भने खुलाएको छैन।
