बिहीबार ०१ माघ, २०८२

गुल्मीका १५० जना विद्यार्थीलाई न्यानो कपडा

गुल्मीका १५० जना विद्यार्थीलाई न्यानो कपडा

गुल्मी । गुल्मीको भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।

नेपालकै कान्छा ज्योतिषको पहिचान बनाएका रेसुङ्गा नगरपालिका–१० निवासी चुरामणि पाण्डेले आफैंले अध्ययन गरेको उक्त विद्यालयका करिब १५० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका हुन् ।

पाण्डेले विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा उपलब्ध गराएको विद्यालयले जनाएको छ ।

आफैंले पढेको विद्यालयमा सामाजिक भाव स्वरूप केही गरौं भन्ने उदेश्यले न्यानो कपडा सहयोग गरेको पाण्डेले बताए ।