शुक्रबार २६ मंसिर, २०८२

काठमाडौं–१ बाट कांग्रेसमा बाबुराम आचार्यको नाम सिफारिस, पार्टीमा हलचल

काठमाडौं–१ बाट कांग्रेसमा बाबुराम आचार्यको नाम सिफारिस, पार्टीमा हलचल

काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ नेता बाबुराम आचार्य र प्रकाशमान सिंहको नाम सिफारिस गरेको छ। आज क्षेत्र नं. १ का सभापति रविन्द्र विक्रम राणाले समानुपातिक र राष्ट्रियसभाका विभिन्न व्यक्तिहरूको नाम सिफारिस गरेका हुन्।

बाबुराम आचार्य युवा नेता, समाजसेवी र लोकतन्त्रप्रेमी व्यक्तित्वका धनी हुन्। उनी आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न तयार छन्।

जेन–जी आन्दोलन र द्वन्द्वकालमा सक्रिय रहेका आचार्यमाथि माओवादीले समेत यातना दिएको थियो। उनी पत्रकारीता र राजनीति शास्त्रमा स्नातकोत्तर हुन् र नेपाली काँग्रेसमा करिब अढाई दशकदेखि सक्रिय छन्। पार्टीभित्र गुट–उपगुट हुँदा पनि उनी लोकतन्त्र, देश र जनताको हितमा प्रतिबद्ध छन्।

आचार्यले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिनेमा विश्वास राखेका छन् र समानुपातिक, प्रदेश संरचना तथा जातीय राजनीति खारेज गर्नुपर्ने तर्क प्रस्तुत गर्छन्।

पटक–पटक मन्त्री बनेका प्रकाशमान सिंहको कामप्रति आलोचना भइरहेका बेला, आचार्यको नाम सिफारिसले काठमाडौं काँग्रेसमा हलचल मच्चाएको छ।

आचार्यले पार्टी र शीर्ष नेताहरूको मनोबल घटेका अवस्थामा समेत सहकार्य र समन्वय गर्ने क्षमता राख्ने चर्चा छ। सामाजिक सञ्जालमार्फत विश्वभर बस्ने नेपालीहरूले पनि उनलाई टिकट दिन दबाब दिन थालेका छन्।

तथापि, काठमाडौं–१ प्रत्यक्षतर्फको टिकट पाउन आचार्यको योग्यता भए पनि पूर्व सभापति स्व. कृष्ण प्रसाद भट्टराई लगायतका संस्थापक नेताहरूको सहभागिताले प्रतिस्पर्धा चुनौतीपूर्ण बनाएको छ।

नेपाली काँग्रेसका स्थानीय नेता र शुभेच्छुकहरूले युवा, शिक्षित र विकासप्रेमी नेता बाबुराम आचार्यलाई प्रतिनिधि सभामा विजयी हुने निश्चित भएको दाबी गरेका छन्।