ईश्वर र सुरेन्द्रको साहसलाई उच्च सम्मानसहित सलाम : उपमहासचिव योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले अध्यक्ष र महासचिवमा पराजित ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले ११औं महाधिवेशनमा साहस देखाएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका मुख्य रणनीतिकार शंकर पोखरेलसँग प्यानलसहित चुनावी मैदानमा होमिएर पोखरेल र पाण्डेले साहस देखाएको भन्दै उनले सम्मान व्यक्त गरेका छन् ।
‘कमरेड ईश्वर पोखरेल, कमरेड सुरेन्द्र पाण्डे, तपाईंहरूको इमान, निष्ठा र साहसको उच्च सम्मानसहित सलाम गर्दछु,’ भट्टराईले भनेका छन्, ‘टिमका सम्पूर्ण कमरेडहरूको एकता र सहकार्यप्रति आभारी छु ।’
पोखरेल अध्यक्षमा ओलीसँग र पाण्डे महासचिवमा पाख्रेलसँग पराजित भएका छन् । पोखरेलकै प्यानलबाट नेता भट्टराई उपमहासचिवमा विजयी भएका छन् ।
उनले आफ्नो विजयका लागि प्रतिनिधिहरूलाई धन्यवाद दिँदै पार्टी सदस्य तथा आम जनताको निगरानी र परीक्षामा सधैं रहिरहने उल्लेख गरेका छन् ।
‘सम्पूर्ण प्रतिनिधिसहित पार्टीका तमाम कमरेडहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ उपमहासचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टी सदस्य तथा आम जनसमुदायको निगरानी र परीक्षामा सदा रहिरहने छु ।’
