सोमबार १९ माघ, २०८२

अमेरिकी अध्यागमनले गर्‍यो एकैपटक ७५ जना नेपालीलाई निष्कासन

अमेरिकी अध्यागमनले गर्‍यो एकैपटक ७५ जना नेपालीलाई निष्कासन

काठमाडौं । गैरकानुनी रुपमा बस्दै आएका ठूलो संख्याका नेपालीहरुलाई अमेरिकाले  नेपाल फर्काइदिएको छ । अमेरिकी अध्यागमनले एकैपटक निष्कासन गरेको ७५ जना नेपाली बिहीबार नेपाल पठाइएका हुन् । 

बिहीबार ती नेपालीहरु ओमनी इन्टरनेशनल एयरको विमानबाट काठमाडौं उत्रिएका हुन्। अमेरिकी सरकारले निष्कासित भएका ७५ जनालाई विमान चार्टर्ड गरेर काठमाडौं पठाएको हो।

अमेरिकाको अध्यागमनले उनीहरूलाई विभिन्न समयमा पक्राउ गरेको थियो। निष्काशन गर्ने तयारी भएपछि अमेरिकी अध्यागमनले वासिङटन डीसीस्थित नेपाली दूतावासलाई उनीहरूको बारेमा पत्राचार गरेको थियो।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाको आप्रवासनसम्बन्धी नीति परिवर्तन भएको थियो। राष्ट्रपति ट्रम्पले आप्रवसनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि धरपकड गर्दै आएको छ।