सोमबार १९ माघ, २०८२

फेवातालको सिमसार पुर्दा पक्राउ परेका खतिवडालाई ५ दिन हिरासतमा राख्न अनुमति

फेवातालको सिमसार पुर्दा पक्राउ परेका खतिवडालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । फेवातालको सिमसार पुर्दा पक्राउ परेका युवराज खतिवडालाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

फेवातालको शीर पामे क्षेत्रमा गण्डकीका मन्त्री प्रकाशबहादुर केसीको जग्गा पुर्ने क्रममा पुगेको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोमबार खतिवडा पक्राउ परेका थिए ।

खतिवडालाई अभद्र मुद्दामा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए ।

खतिवडाले पछिल्लो पटक पामे क्षेत्रमा बिनाअनुमति मन्त्रीदेखि पोखराका विभिन्न व्यवसायीको जग्गा पुरेर घडेरी बनाउने काम गरिरहेका थिए ।

पछिल्लो समय फेवाको सिमसार क्षेत्रमा अवैध रूपमा पुर्नका लागि माओवादीका नेता, विद्यार्थीलगायतको समूह सक्रिय भएको पाइएको छ ।

धादिङ घर भएका खतिवडा पनि माओवादी समर्थक हुन् भने बागमतीका पूर्वमुख्यमन्त्री शालिकराम जमरकट्टेलनिकट छन् ।