वित्तीय कारोबार गर्दा सुरक्षा र सजगता अपनाउन नेपाल राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा अपनाएर विभिन्न प्रकारका वित्तीय ठगीबाट बच्न आग्रह गरेको छ ।
केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै यस्तो आग्रह गरेको ।
राष्ट्र बैंकले अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सएप, भाइबर, म्यासेन्जरजस्ता मोबाइल एप, ई–मेल, फोन वा मोबाइलको म्यासेजमा विभिनन किसिमको चिठ्ठा परेको, महँगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट सामान आएको, धनसम्पत्ति वा सुन फेला परेको, छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानाका सन्देश पठाएर वित्तीय ठगीका घटना हुने भएकोले सजग रहन राष्ट्र बैंकले सुझाव दिएको छ।
यस्ता सन्देशहरू वित्तीय ठगीका लागि पठाइएका हुन सक्ने भन्दै राष्ट्र बैंकले ती सन्देशमार्फत वित्तीय ठगी र अपराधमा संलग्न व्यक्तिले आकर्षक प्रस्ताव राख्दै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्न सक्ने बताएको छ ।
