सोमबार १९ माघ, २०८२

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज पुस १७ गते

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज पुस १७ गते

काठमाडौँ। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

कम्पनीले हालको चुक्ता पूँजीको १२ प्रतिशत बराबर लाभांश दिने घोषणा गरेको हो। प्रस्तावित लाभांशमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहनेछ।

पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।