नागरिक लगानी कोषको ३१औं साधारण सभा पुस ३० गते, लाभांश प्रस्ताव पारित गर्ने
काठमाडौं – नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ। उक्त सभा कोष भवन परिसरमा हुने भएको हो।
साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए।
उनले सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्यतालिका समेत रहेको बताए।
