सोमबार १९ माघ, २०८२

पाँचथर पावरले एक्सेस इन्भेष्टमेन्ट र मेघा भेन्चरको प्राप्ति प्रकृया अघि बढायो

पाँचथर पावरले एक्सेस इन्भेष्टमेन्ट र मेघा भेन्चरको प्राप्ति प्रकृया अघि बढायो

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले एक्सेस इन्भेष्टमेन्ट कम्पनी प्रा.लि र मेघा भेन्चर प्रा.लि लाई प्राप्ति गर्ने निर्णय पारित गरेको छ ।

पाँचथर पावर कम्पनीको पुष ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभामा भएको निर्णय अनुसार दुबै कम्पनीहरुलाइ प्राप्ति गर्ने निर्णय गरेको हो ।

पाँचथर पावर कम्पनीको सञ्चाकल समिति निर्णय सँगै तिन वटै कम्पनी बीच समझदारी पत्रमा हस्ताक्षर तथा कम्पनीहरुको प्राीतको प्रकृया सुरु भएको छ ।

प्राप्ति प्रकृया सुरु भएसँगै तिनवटै कम्पनीको सेयर कारोबार रोक्का गर्नका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्रचार समेत गरेको छ ।

यो प्रप्ति पकृया मर्जर तथा एक्विजिसन नियमावली, २०७९ बमोजिम हुने पाँचथर पावर कम्पनीले जनकारी गराएको छ ।