सोमबार १९ माघ, २०८२

चोरी भएका सवारी फिर्ता पाएपछि केक काटेर खुसी साटासाट

चोरी भएका सवारी फिर्ता पाएपछि केक काटेर खुसी साटासाट

काठमाडौं । चोरी भएका तथा हराएका ६० वटा दुई पांग्रे सवारी (स्कुटर, मोटरसाइकल) ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले शुक्रबार एक कार्यक्रममा ती सवारी धनीलाई हस्तान्तरण गरिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी ईश्वर कार्कीको उपस्थितीमा सवारी धनीलाई हस्तान्तरण गरिएको एसपी नरेशराज सुवेदीले बताए ।

हराएका तथा चोरी भएका सवारी बुझेपछि धनीले केक काटेर खुसी साटेका छन् । ट्राफिकलाई नै केक काटेर उनीहरूसँग खुसी साटेका हुन् ।