सोमबार १९ माघ, २०८२

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट सुविधा

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट सुविधा

काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूले मौलाकालिका अस्पताल प्रा.लि., भरतपुर, चितवनमा सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन्।

यो सुविधा सम्बन्धी सम्झौतामा कोषकी निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरेका छन्।

छुटको सुविधा पाउनका लागि कोषको परिचयपत्र वा सहभागी कार्ड देखाउनु पर्ने व्यवस्था गरिएको छ।