आइतबार १८ माघ, २०८२

जेनजी आन्दोलन : आगजनी र तोडफोडको आरोपमा ९१२ जना पक्राउ

जेनजी आन्दोलन : आगजनी र तोडफोडको आरोपमा ९१२ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा ९१२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

जेनजी आन्दोलन यता देशभरका विभिन्न ठाउँहरूबाट ९१२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

व्यक्ति हत्या, सर्वोच्च, सिंहदरबार जस्ता संरचना तोडफोड र आगजनी, व्यक्तिको निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा ९१२ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरू मध्ये केही अदालतमा मुद्दा दायर भएर पुर्पक्षमा गइसकेका छन् । केही भने सामान्य तारेख तथा धरौटीमा रिहा भएका छन् । केही व्यक्तिमाथि अहिले पनि अनुसन्धान भइरहेको छ ।