आइतबार १८ माघ, २०८२

जीवन बीमा व्यवसाय ७७ अर्ब पुग्यो, नेपाल लाइफ अग्रस्थानमा

जीवन बीमा व्यवसाय ७७ अर्ब पुग्यो, नेपाल लाइफ अग्रस्थानमा

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गरे करिव ७७ अर्बको व्यवसाय बीमा कम्पनीहरुको व्यवसाय करिब ७७ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय ७६ अर्ब ९० करोड ५६ लाख रुपैयाँ पुगेको हो । 

प्राधिकरणको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले यस अवधिमा कुल २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ९ अर्ब २७ करोड दुई लाख रुपैयाँ र एलआइसी नेपालले ८ अर्ब १८ करोड १० लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ३ अर्ब ७५ करोड १७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।