विदुषी राणा रास्वपाको समानुपातिक सूचीमा
काठमाडौं । गोल्ड स्टार जुत्ता उत्पादन गर्ने कम्पनीकी सञ्चालक विदुषी राणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेकी छिन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारहरुको बन्दसूचीमा राणाको नाम पनि समावेश छ ।
रास्वपाले आयोगमा बुझाएको सूचीमा राणाको नाम खसआर्य महिला तर्फको दोस्रो नम्बरमा छ ।
राणा नेपालको औद्योगिक समुदायमा परिचित व्यक्ति हुन् । उनी कार्यकारी निर्देशक रहेको किरण सुज म्यानुफ्याक्चर्सले हाल ३ हजार ५ सय भन्दा बढी नेपालीलाई रोजगारी दिइरहेको छ ।
यस कम्पनीले उत्पादन गरेका जुत्ता भारतसहित विभिन्न देशमा निर्यात समेत हुँदै आएका छन् ।
