सोमबार २८ पुस, २०८२

सेयर बजारमा वृद्धि, ५ अर्ब १३ करोड कारोबार

सेयर बजारमा वृद्धि, ५ अर्ब १३ करोड कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ को बिन्दुमा कायम भएको छ ।

सेयर बजार बढेसँगै बुधबार कारोबार रकममा पनि बृद्धि भएको छ । आज बजारमा कारोबार भएका ३४२ वटा कम्पनीहरुको १ करोड १९ लाख कित्ता सेयर खरिद–बिक्री हुदाँ ५ अर्ब १३ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्रिन भेञ्चरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बन्दीपुर केलकारको १५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । श्रीनगर एग्रिटेकको १३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानल र न्यादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ६.४७ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टारका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।