आइतबार १० फागुन, २०८२

मेटलाइफ नेपालद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख सहयोग

मेटलाइफ नेपालद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख सहयोग

काठमाडौं । मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा २५ लाख सहयोग प्रदान गरेको छ । 

यस हप्ता मेटलाइफ नेपालले माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । 

यस सहयोगमार्फत कम्पनीले नेपालका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ । 

देशको भौतिक संरचनाहरूको पुनःनिर्माणमा योगदान दिई जनजीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफ नेपालले जनाएको छ ।