आइतबार १८ माघ, २०८२

सुनको मूल्य २१ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य २१ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य २ हजार १०० रुपैयाँले घटेको छ।  

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज  २१ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ४०० कायम भएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको भाउ २ लाख ६२ हजार ५०० पुगेको थियो।

आज सुनको मूल्य घटेसँगै चाँदी पनि सस्तिएको छ। २५ रुप‌ैयाँले  घटेर एक तोला चाँदीको मूल्य ४ हजार ५०० पुगेको छ।

यसअघि शुक्रबार सोही परिमाणको चाँदी  ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो।