सुनको मूल्य २१ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य २ हजार १०० रुपैयाँले घटेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज २१ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ४०० कायम भएको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको भाउ २ लाख ६२ हजार ५०० पुगेको थियो।
आज सुनको मूल्य घटेसँगै चाँदी पनि सस्तिएको छ। २५ रुप‌ैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ५०० पुगेको छ।
यसअघि शुक्रबार सोही परिमाणको चाँदी ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो।
