आइतबार १८ माघ, २०८२

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड

काठमाडौँ।रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीको आईपीओमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार १०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने बाँकी १३ हजार ८४२ आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो। जस अनुसार १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

यसरी बाँडफाँड गर्दा शेष रहेको १८ कित्ता शेयर सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दरले बाँडफाँड गरिएको छ। यस अनुसार १८ जनाले ५१ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो।