आइतबार १८ माघ, २०८२

होटल फरेस्ट इनले पायो आइपीओ अनुमति

होटल फरेस्ट इनले पायो आइपीओ अनुमति

काठमाडौं । नेपालको सेयर बजारमा होटेल तथा पर्यटन समूहमा अर्को एउटा नयाँ कम्पनी थपिने भएको छ ।

बुढानीलकण्ठस्थित अत्याधुनिक र सुविधायुक्त ‘होटेल फरेस्ट इन लिमिटेड’ ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने अन्तिम अनुमति पाएको हो । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले होटेललाई कुल ४० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन स्वीकृति दिएको हो ।

बोर्डको यो निर्णयसँगै होटेलले अब छिट्टै नै प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउनेछ ।

होटेल फरेस्ट इनले आईपीओका लागि लामो समयदेखि प्रक्रिया अगाडि बढाएको थियो । होटेलले २०८० साल कात्तिक १५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । निवेदन दिएको करिब २ वर्षभन्दा लामो समयको प्रशासनिक र प्राविधिक प्रक्रियापछि मात्र होटेलले यो अनुमति प्राप्त गरेको हो ।