आइतबार २७ पुस, २०८२

सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सले सरकारको पूर्वाधार पुनर्निर्माण कोषलाई दियो १ करोड एक लाख

सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सले सरकारको पूर्वाधार पुनर्निर्माण कोषलाई दियो १ करोड एक लाख

काठमाडौँ । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख नगद सहयोग गरेको छ ।

भदौ २३ र २४को आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारलाई उक्त सहयोग उपलब्ध गराएको हो । 

उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले आज सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

उक्त रकम सहयोग हस्तान्तरण कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव लगायत  सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो । 

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि अर्थमन्त्री खनालले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उक्त रकम सहित हालसम्म सरकारको पुनर्निर्माण कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको अर्थमन्त्रालयले जनाएको छ ।