आइतबार १८ माघ, २०८२

सशस्त्रका ३ डीआईजीको अवकाश

सशस्त्रका ३ डीआईजीको अवकाश

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका तीन डीआईजीहरूको अवकाश भएको छ ।

अकाश हुनेहरूमा शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ छन् । उनीहरू तीनै जना डीआईजीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

२०५४ सालमा भर्ना भएका सुवेदी स्टाफ कलेज सानो गौचरणमा कार्यरत थिए । अर्का गिरी कार्य विभागमा थिए ।

नेम्वाङ भने मानव स्रोत विभागमा कार्यरत थिए । नेम्वाङ र गिरी २०५६ का ब्याची भए पनि उनीहरू पनि पदावधिकै कारण अवकाशमा गएका हुन् ।